प्रिमियर लिगका ७५ प्रतिशत समर्थक भीएआरको विपक्षमा
सारांश
- इंग्लिस प्रिमियर लिगका धेरै समर्थकहरू भीएआर प्रविधिको विपक्षमा देखिएका छन्।
- सर्वेक्षण अनुसार, ९० प्रतिशत समर्थकले भीएआरले खेल हेर्ने अनुभवलाई खराब बनाएको बताए।
- एफएसएका अनुसार, भीएआरले खेलको शुद्धताभन्दा नकारात्मक प्रभाव पारेको देखिन्छ।
लण्डन । इंग्लिस प्रिमियर लिगका अधिकांश फुटबल समर्थकहरू भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको विपक्षमा देखिएका छन् । फुटबल सपोर्टर्स एसोसिएसन (एफएसए) ले गरेको पछिल्लो सर्वेक्षणअनुसार तीन–चौथाई समर्थकले यो प्रविधिको प्रयोग हटाउनुपर्ने माग गरेका हुन् ।
यस सिजनका २० क्लबका झन्डै ८ हजार समर्थकमाझ गरिएको सर्वेक्षणमा ९० प्रतिशतले भीएआरले खेल हेर्ने अनुभवलाई झन् खराब बनाएको बताएका छन् ।
सर्वेक्षणमा सहभागी ९१ प्रतिशत समर्थकले भीएआरका कारण गोल पछिको स्वाभाविक खुसीयाली र उत्साह मर्ने गरेको गुनासो गरेका छन् ।
त्यसैगरी ९४ प्रतिशतले टेलिभिजनमा फुटबल हेर्दा पनि भीएआरका कारण पहिले जस्तो मज्जा नआउने बताएका छन् । एफएसएका प्रिमियर लिग नेटवर्क म्यानेजर थोमस कनक्याननले भीएआरले खेलको शुद्धता भन्दा पनि नकारात्मक प्रभाव बढी पारेको र समर्थकहरू निर्णयका लागि लाग्ने समय र प्रक्रियाबाट दिक्क भएको बताएका छन् ।
यता, प्रिमियर लिगले भने समर्थकहरूको अनुभवलाई ध्यानमा राख्दै भीएआरको प्रभाव कम गर्ने प्रयास भइरहेको जनाएको छ । लिगले आफ्नै अनुसन्धानका आधारमा धेरैजसो प्रशंसक भीएआर हटाउने पक्षमा नभई यसको प्रयोग गर्ने शैलीमा सुधार चाहने दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण