इरानी आक्रमणमा परेर कुवेत एक भारतीयको मृत्यु
सारांश
- कुवेतमा भएको इरानी आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको छ ।
- आक्रमणले कुवेतको विद्युत् तथा समुद्री पानी प्रशोधन प्लान्टमा क्षति पुर्याएको छ ।
- क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि कुवेतले सुरक्षा सतर्कता बढाएको छ ।
कुवेत सिटी । पश्चिम एसियामा बढ्दो तनावबिच कुवेतमा भएको एक आक्रमणमा भारतीय कामदारको मृत्यु भएको छ ।
कुवेतको बिद्युत् तथा जल मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा उक्त जानकारी दिएको हो । विज्ञप्तिअनुसार, इरानी आक्रमणमा कुवेतमा रहेको एक विद्युत् तथा समुद्री पानी प्रशोधन (डिसालिनेशन) प्लान्टमा क्षति पुगेको थियो । सो आक्रमणका कारण एक भारतीय नागरिकको ज्यान गएको पुष्टि गरिएको छ ।
आक्रमणले उक्त संरचनामा उल्लेखनीय क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । यद्यपि, अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न प्राविधिक टोलीहरू तत्काल खटाइएको पनि बताइएको छ । ऊर्जा तथा जल आपूर्ति जस्ता महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण हुन थालेपछि क्षेत्रीय सुरक्षा अवस्था झन् संवेदनशील बनेको छ । यस्तो अवस्थामा कुवेतलगायत खाडी मुलुकहरूले आफ्नो सुरक्षा सतर्कता थप कडा बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण