अभिनेत्री वर्षा सिवाकोटी ‘ल बसम’ राइड सेयरिङको ब्रान्ड एम्बेसडर
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी ‘ल बसम’ राइड–सेयरिङ सेवाको व्यावसायिक दूतमा नियुक्त भएकी छन् । कम्पनीले उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी दिएको छ ।
‘ल बसम’ नेपाली युवाको सीप र स्वदेशी लगानीमा तयार गरिएको पठाओ, याङ्गो र इनड्राइभ जस्तै राइड सेयरिङ सेवा प्रदायक कम्पनी हो । कम्पनीले काठमाडौँबाट आफ्नो सेवा सुरु गरेको छ ।
व्यावसायिक दूत बनेपछि अभिनेत्री सिवाकोटीले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘स्वदेशी राइड–सेयरिङ सेवासँग जोडिन पाउँदा मलाई खुसी लागेको छ ।’
वर्षा पछिल्लो समय फिल्ममा डिमान्डेड अभिनेत्री हुन् । विदेशी राइड–सेयरिङ एपमार्फत ठुलो रकम बिदेसिएको र स्वदेशी सेवा सञ्चालनमा आउनु महत्त्वपूर्ण उपलब्धि रहेको कम्पनीका सञ्चालक विष्णुराज गिरीले बताए ।
अभिनेत्री सिवाकोटी पछिल्लो समय ‘टीका’ फिल्ममा व्यस्त छिन् । यसअघि वर्षाले फिल्म कस्तुरीको छायाङ्कन पुरा गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण