जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछौँ : प्रशिक्षक एरेना
सारांश
- नेपाली फुटबल टोलीका प्रशिक्षक गुग्लिमो ऐरेनाले लाओसविरुद्ध जित्ने लक्ष्य राखेका छन्।
- ऐरेनाले युवा खेलाडीलाई मौका दिँदै ५ नयाँ खेलाडीलाई टोलीमा समावेश गरेका छन्।
- नेपाल र लाओसबीचको खेल मंगलबार साँझ ७ बजे सुरु हुनेछ, जसमा दुवै टोली एएफसी एसिया कपबाट बाहिरिएका छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिमो ऐरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् ।
एएफी एसिया कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्यान कन्फिरेन्समा एरेनाले भनेका छन्- ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस् आएका छौँ । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा मौका दिएको छु । लाओस् राम्रो टोली हो । तर, हामी भोलिको खेलका लागि तयार छौँ । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौँ ।’
ऐरेनाले युवराज खड्का, पेम्बादोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् । यसैगरी, नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उद्देश्य हुने बताए ।
‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ । राम्रो तयारी भएको छ । हामी कोचको रणनीतिअनुसार नै प्रदर्शन गर्ने छौँ ।’ नेपाल र लाओसविरुद्धको स्थानीय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिइसकेका छन् । दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अङ्क जोडेका छन् ।
हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन् । जसमा नेपालले चार र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण