महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ ।
महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा काँकरभिट्टामा आयोजित ‘पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा १५ हजार रुपैयाँका दरले वार्षिक भत्ता वितरण गरेको हो ।
महासङ्घले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट २०८० सालदेखि ६५–७५ वर्ष उमेरसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरुप १५ हजार रुपैयाँ र सोभन्दा माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक २० हजार रुपैयाँका दरले भत्ता रकम प्रदान गरिँदै आएको महासङ्घका झापा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
वार्षिक भत्ता पाउने ज्येष्ठ पत्रकारमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरोमणि खतिवडा, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल छन् ।
उनीहरुलाई अध्यक्ष गिरी र महासङ्घका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले रकम वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण