बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ब्रिटिश काउन्सिलद्वारा अर्बिट ग्रुपलाई दक्षिण एसियाकै ‘सर्वोत्कृष्ट व्यावसायिक साझेदार’ अवार्ड

मङ्गलबार, १७ चैत २०८२, ०९ : २०
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • अर्बिट ग्रुपले ब्रिटिश काउन्सिलको 'सर्वोत्कृष्ट व्यावसायिक साझेदार' अवार्ड प्राप्त गर्यो।
  • लन्डनमा आयोजित समारोहमा अर्बिटका निर्देशक सुनिल रेग्मीलाई पुरस्कार प्रदान गरियो।
  • अर्बिटले दक्षिण एसियामा उत्कृष्ट सेवा र विद्यार्थीहरूलाई अवसर दिएकोमा छनोट भएको हो।

काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अर्बिट ग्रुपले ब्रिटिश काउन्सिलको प्रतिष्ठित ‘सर्वोत्कृष्ट व्यावसायिक साझेदार’ अवार्ड प्राप्त गरेको छ। लन्डनस्थित मिलेनियम होटल एण्ड रिसोर्टमा आयोजित विशेष समारोहमा अर्बिटका निर्देशक सुनिल रेग्मीलाई सो पुरस्कार प्रदान गरियो।

ब्रिटिश काउन्सिलका ग्लोबल आइएलटिएस हेड एन्ड्रयू म्याकेन्जी र ग्लोबल पार्टनरसीप म्यानेजर बेन वेकफोर्डले उक्त अवार्ड हस्तान्तरण गरेका हुन्। दक्षिण एसियाका विभिन्न साझेदारहरूमध्ये उत्कृष्ट सेवा, गुणस्तर र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न नेतृत्वदायी भूमिका खेलेको भन्दै अर्बिटलाई छानिएको हो।

सन् २०१७ देखि ब्रिटिश काउन्सिलसँग सहकार्य गर्दै आएको अर्बिट ग्रुपले नेपालमा आइएलटिएस परीक्षा दर्ता लगायतका शैक्षिक परामर्शको काम गर्दै आएको छ। अवार्ड ग्रहण गर्दै निर्देशक रेग्मीले यो उपलब्धिले अर्बिटको विश्वसनीयतालाई विश्वस्तरमा अझ सुदृढ बनाएको बताए।

कार्यक्रममा ब्रिटिश काउन्सिलका दक्षिण एसिया निर्देशक तलाल मिरले अर्बिटसँगको रणनीतिक साझेदारी भविष्यमा अझ बलियो हुने विश्वास व्यक्त गरे। साथै, उनले नेपालबाट वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरू वास्तविक र क्षमतावान्  रहेको भन्दै प्रशंसा समेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप