सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय पुग्दै एमाले नेताहरू (तस्बिरहरू)
सारांश
- नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको पक्राउ पछि दोस्रो पटक बस्दैछ।
- ओली पक्राउको विरोध गर्दै एमालेले प्रदर्शन गरेको छ र रिहाइको माग गरेको छ।
- पार्टीले लोकतन्त्र र कानुनी राज्यका पक्षधरहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकका लागि नेताहरूको आउने क्रम जारी छ । बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरूकै घरबाट शनिबार बिहान झिसमिसेमै पक्राउ गरेको थियो । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले गत आइतबार प्रहरीलाई अनुमति दिएको थियो । साथै बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
यो पक्राउलाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भनेर आलोचना गर्दै आएको छ । ओली रिहाइको माग गर्दै एमाले जनसङ्गठनहरूले काठमाडौँ उपत्यकासहितका जिल्लाहरूमा विरोध प्रदर्शन समेत गर्दै आएका छन् । साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय समेत एमालेले गरेको थियो । त्यसका लागि उपाध्यक्षत्रय रामबहादुर थापा बादल, विष्णु पौडेल र गोकर्ण विष्टलाई जिम्मा दिइएको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण