प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाँदै
सारांश
- प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्, उनी ६५ वर्ष पुगेका हुन्।
- राउतको अवकाशपछि वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश बन्नेछिन्।
- राउतले न्यायालय सुधारका लागि काम गरे पनि उनको कार्यकालमा प्रतिवेदन कार्यान्वयन हुन सकेन।
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउत ६५ वर्षे उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेका हुन् ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुने र भोलिबाट अनिवार्य अवकाशमा जान लाग्नु भएको बताए । उनको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् । कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुन् ।
वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए ।
न्यायपालिकाभित्रको विकृति, विसङ्गतिबारे अध्ययन गर्न सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको समितिमा रहेर कार्य गरेका थिए । सर्वोच्च अदालतकै तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित न्यायपालिकाको विकृति विसङ्गतिबारे अध्ययन गर्न गठित समितिमा पनि उनी सदस्य थिए ।
त्यसैले उनको विगतको निष्ठा, अनुभव र छविका कारण न्यायालयको विकृति, विसंगति सुधार्नमा योगदानको अपेक्षा धेरैको थियो । तर, कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन हुने अपेक्षा अधुरै छोडेर अनिवार्य अवकाश हुँदैछन् । न्यायालयको विकृति अन्त्य गर्ने कसम खाएका राउतले १८ महिनाको अवधिमा न्यायालयमा केही संरचनागत सुधार गरे पनि कुनै बेला आफैँ संलग्न रहेको समितिले न्यायालय सुधारका लागि भन्दै बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजान सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण