नेपाल वायुसेवा निगमले बढायो दिल्ली उडान : अब हप्ताको १० पटक जहाज उड्ने
मङ्गलबार, १७ चैत २०८२, १३ : १२
सारांश
- नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली हवाई उडान सेवा विस्तार गरेको छ।
- चैत १७ गतेदेखि लागू हुने गरी निगमले थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
- उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच निगमका हप्ताको १० वटा उडान हुनेछन्।
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५/२०६ बाट हप्ताको थप तीन दिन उडान हुनेछ।
उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण