‘देउवा–शेखर समूहको बैठक अनौपचारिक’
सारांश
- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक अनौपचारिक भएको बताइएको छ।
- निर्वाचनको समीक्षा, राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे नेताहरूले छलफल गर्ने कुरा छ।
- पार्टीभित्रको आन्तरिक राजनीतिमा देखिएको जटिलता र जनमानसमा देखिएको त्रासदीबारे परामर्श हुने कुरा छ।
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला समूहले आफूहरूले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक अनौपचारिक रहेको बताएको छ ।
निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले बैठक अनौपचारिक रहेको जानकारी दिए । ‘हामीले आज बोलाएको बैठक औपचारिक होइन, अनौपचारिक छलफल र परामर्श हो,’ पाण्डेले बैठकस्थलमा सञ्चारकर्मीहरूसँग भने ।
छलफल र परामर्शमा खासगरी निर्वाचनको समीक्षा, राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे नेताहरूबिच कुराकानी हुने उनले बताए ।
‘प्रतिनिधि सभा निर्वाचनका क्रममा जिल्ला–जिल्लामा गएका साथीहरू फर्किनुभएको छ । जिल्लामा के के भयो भन्ने बारेमा ब्रिफिङ गर्नुहुनेछ,’ पाण्डेले भने, ‘पार्टीभित्रको आन्तरिक र राष्ट्रिय राजनीतिबारे बैठकमा कुराकानी हुन्छ ।’
पाण्डेले पार्टीको आन्तरिक राजनीतिमा देखिएको जटिलता कसरी चिर्ने भन्ने विषयमा परामर्श गरिने बताए । जनमानसमा देखिएको त्रासदीबारे पनि कुराकानी हुने उनको भनाई छ।
संस्थापनले विधानविपरीतका गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको छ नि भन्ने पत्रकारहरूको प्रश्नमा पाण्डेले पार्टीका अनौपचारिक भेला र बैठक गर्ने प्रचलन पुरानै भएको जिकिर गरे । ‘हाम्रो पार्टीमा अनौपचारिक भेला हुने गर्छन् । यसअघि पनि विभिन्न विचार र छलफल भइरहेका थिए । अहिले पनि गर्नुपर्छ,’ पाण्डेले भने । छलफलबाट पार्टीको शक्ति आर्जनमा मद्दत पुग्ने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण