बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकप शुरु हुने ७२ दिन बाँकी रहँदा घानाका फुटबल प्रशिक्षक ओटो एडो बर्खास्त

मङ्गलबार, १७ चैत २०८२, १४ : १२
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • फिफा विश्वकप सुरु हुन ७२ दिन बाँकी रहँदा घानाले फुटबल टोलीका प्रशिक्षक ओटो एडोलाई बर्खास्त गरेको छ।
  • एडोलाई जर्मनीसँगको मैत्रीपूर्ण खेलमा पराजय भएपछि बर्खास्त गरिएको हो, जहाँ घाना लगातार पाँचौं पटक पराजित भएको थियो।
  • एडोको नेतृत्वमा घानाले विश्वकपमा स्थान सुरक्षित गरे पनि २०२५ को अफ्रिका कप अफ नेशन्सका लागि छनोट हुन सकेन।

काठमाडौँ । फिफा विश्वकप शुरु हुन ७२ दिन बाँकी छ । यसैबीच घानाले वरिष्ठ पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ओटो एडोलाई बर्खास्त गरेको छ । तत्कालै लागू हुने गरी एडोसँगको करार रद्द गरिएको छ । घाना फुटबल एशोसियशनले सोमबार एउटा विज्ञप्ति जारी गर्दै यो निर्णयको घोषणा गरेको हो । जर्मनीसँगको मैत्रीपूर्ण खेलमा घाना पराजय भएयता केही घण्टामै यो निर्णय आएको हो ।

विज्ञप्तिमा एडोको बर्खास्तगीको पछाडि कुनै विशेष विवरण वा प्रतिस्थापनबारे जानकारी दिइएको छैन । जर्मनीमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी विरुद्ध को पराजय लगातार पाँचौं थियो । यसअघि शुक्रबार घानाले अष्ट्रियासँग ५–१ ले हार ब्यहोरेको थियो । जर्मनी–जन्मिएका बोरुसिया डॉर्टमुंडका पूर्व खेलाडी एडोलाई मार्च २०२४ मा दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो । उनी पहिले कार्यकालमा २०२२ मा घाना कतार विश्वकपका समूह चरणबाटै बाहिरिएको थियो ।

५० वर्षीय एडोको नेतृत्वमा घानाले उत्तर अमेरिकामा हुन गइरहेको विश्वकपको लागि स्थान सुनिश्चित गरेको थियो । उनीहरूको उद्घाटन खेल जून १७ मा टोरोन्टोमा पानामा विरुद्ध हुँदैछ । टोली समूह ‘एल’मा क्रोयशिया र बेलायतसँग परेको छ । तर, चार पटकका अफ्रिका कप अफ नेशन्स विजेताले २०२५ को मोरक्को संस्करणको लागि योग्यता हासिल गर्न सकेन । टोलीमा प्रिमियर लिगबाट खेल्ने एन्टोनी सेमेन्यो र मोहम्मद कुदुसजस्ता खेलाडी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप