बुद्ध मन्दिर निर्माण गर्न बाल्टिमोरमा महायज्ञ
डिसी– अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरस्थित बुद्ध मन्दिरको निर्माण गर्ने उदेश्यले लगाइएको महापुराणमा तेश्रो दिनसम्म २ लाख ४० हजार रकम संकलन भएको छ ।
जुलाई २८ बाट शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन शिरोमणी दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ अगस्त ३ मा समापन हुनेछ ।
महायज्ञको तेश्रो दिनसम्म शालिक वाग्लेले ३३ हजार ३ सय तेत्तिस डलर ,गोपाल बि.कले दश हजार १ डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार गरी २ लाख ४० हजार भन्दा बढि रकम संकलन भएको आयोजकले जनाएको छ ।
हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागि आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा दान सहयोग गर्ने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको थियो ।
आयोजकले पछि सम्पुर्ण दाताको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण