बुद्ध मन्दिर निर्माण गर्न बाल्टिमोरमा महायज्ञ

डिसी– अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरस्थित बुद्ध मन्दिरको निर्माण गर्ने उदेश्यले लगाइएको महापुराणमा तेश्रो दिनसम्म २ लाख ४० हजार रकम संकलन भएको छ ।
जुलाई २८ बाट शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन शिरोमणी दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ अगस्त ३ मा समापन हुनेछ ।
महायज्ञको तेश्रो दिनसम्म शालिक वाग्लेले ३३ हजार ३ सय तेत्तिस डलर ,गोपाल बि.कले दश हजार १ डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार गरी २ लाख ४० हजार भन्दा बढि रकम संकलन भएको आयोजकले जनाएको छ ।
हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागि आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा दान सहयोग गर्ने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको थियो ।
आयोजकले पछि सम्पुर्ण दाताको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
-
ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु
-
सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि....