इरानलाई पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्नेछ: राष्ट्रपति ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्ने बताएका छन्।
- ट्रम्पले इरानको सैन्य क्षमता ध्वस्त भएको दाबी गर्दै उनीहरुसँग सेना नभएको बताए।
- ट्रम्पले इरानसँग वार्ताको सम्भावनाबारे कुरा गर्दै वार्तामा आउन वा नआउनले फरक नपर्ने बताए।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको भीषण हमलापछि इरानलाई आफ्नो देश पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्ने दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामी उनीहरूसँग भएको हरेक सम्भावित चीज नष्ट गर्न चाहन्छौँ । हामीले उनीहरूलाई पछाडि धकेलेका छौँ । हामीले जे गर्यौँ, त्यो पुनर्निर्माण गर्न उनीहरूलाई १५ देखि २० वर्ष लाग्नेछ ।’
उनले इरानको सैन्य क्षमता ध्वस्त भएको दाबी गर्दै थपे, ‘उनीहरूसँग नौसेना छैन । उनीहरूसँग सेना छैन । उनीहरूसँग वायुसेना छैन । उनीहरूसँग दूरसञ्चार छैन । उनीहरूसँग विमानभेदी प्रणाली छैन । उनीहरूसँग नेता छैनन् ।’
वार्ताको सम्भावनाबारे बोल्दै ट्रम्पले भने, ‘यदि उनीहरू वार्ताको टेबलमा आए भने, त्यो राम्रो हुनेछ । तर उनीहरू टेबलमा आउन् वा नआउन्, त्यसले कुनै फरक पार्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण