ट्रम्पले भनेको समयमै खुल्ला त ‘स्ट्रेट अफ हर्मुज’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सैन्य अभियान दुई–तीन हप्ताभित्र अन्त्य हुने दाबी गरे ।
- युद्ध अन्त्यको समय तोकिएपछि विश्व शेयर बजारमा सुधार देखियो भने कच्चा तेलको मूल्य घट्न सक्ने अनुमान गरिएको छ ।
- समुद्री ढुवानी क्षेत्रमा उच्च जोखिम कायमै रहेको र आपूर्ति शृंखलामा असर पर्ने देखिएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य अभियान दुई–तीन हप्ताभित्र अन्त्य हुन सक्ने दाबी गरेका छन् । विश्लेषकहरूले भने रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा आउन भने लामो समय लाग्ने बताएका छन् ।
ट्रम्पले युद्ध अन्त्यको समय नै तोकेपछि बुधबार विश्व शेयर बजारमा सुधार देखिएको छ । कच्चा तेलको मूल्य घट्न सक्ने अनुमान पनि गरिएको छ । तर, विज्ञहरूका अनुसार पेट्रोलियम पदार्थको खुद्रा मूल्य स्थिर हुन र समुद्री ढुवानी सामान्य अवस्थामा फर्किन समय लाग्नेछ ।
द्वन्द्वका कारण समुद्री ढुवानी क्षेत्र अझै उच्च जोखिममा छ । जहाज बीमा शुल्क अत्यधिक बढेको छ भने युद्धको जोखिमका कारण समुद्री कामदारहरू पुनः काममा फर्कन हिच्किचाइरहेका छन् । ‘व्यापारको मेरुदण्ड हुन् समुद्री कामदारहरू । यस्ता घटनापछि उनीहरूलाई पुनः काममा फर्काउन चुनौती रहिरहन्छ, जसले आपूर्ति शृंखलामा असर पार्छ,’ हङकङस्थित काराभेल ग्रुपका प्रमुख अङ्गद बङ्गाले भनेका छन् ।
विश्वव्यापी रूपमा करिब ९० प्रतिशत उत्पादित सामग्री समुद्री ढुवानीमार्फत ओसारपसार हुने भएकाले यो क्षेत्रको अस्थिरताले विश्व व्यापारमै असर पार्ने देखिएको छ । इरानले स्ट्रेट अफ हर्मुजमा आंशिक अवरोध (सेलेक्टिभ ब्लकेड) लगाएपछि मध्यपूर्व क्षेत्रमा सञ्चालनमा रहेका हजारौँ जहाज प्रभावित भएका छन् । अहिले उक्त जलक्षेत्रमा बारुदी सुरुङ र विस्फोटक ड्रोनको जोखिम बढेको छ, जसले व्यावसायिक जहाज सञ्चालनलाई अझै जटिल बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण