मौलापुरमा अर्को एकीकृत दलित बस्ती निर्माण सुरु, मेयर रिना साहद्वारा शिलान्यास
सारांश
- रौतहटको मौलापुर नगरपालिकामा एकीकृत दलित बस्ती निर्माण सुरु भएको छ, भूमि पूजा गरी शिलान्यास गरिएको छ।
- ६ करोड ८७ लाख लागत अनुमान गरिएको आयोजना ४ करोड ३९ लाखमा सम्झौता भई १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
- सोनरनियामा निर्माण हुने बस्तीबाट ३० देखि ४० परिवार लाभान्वित हुने र नगरपालिकाले निःशुल्क सेवा दिनेछ।
रौतहट । रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियामा अर्को एकीकृत दलित बस्ती निर्माण सुरु गरिएको छ ।
नगरपालिकाका मेयर रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा बुधबार भूमि पूजा गरी आयोजनाको शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
यसअघि मर्यादपुर र मौलापुरमा एकीकृत दलित बस्ती निर्माण भइसकेको छ । मेयर साहको पहिलो निर्णयअनुसार सोनरनियामा नयाँ बस्ती निर्माण सुरु गरिएको हो ।
नगरपालिकाका अनुसार ६ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको सम्झौता ४ करोड ३९ लाख रुपैयाँमा भएको छ । निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोनरनियामा निर्माण हुने बस्तीबाट करिब ३० देखि ४० परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
उक्त आयोजना पृसा सृष्टि श्रीराम जेभी, सर्लाहीले निर्माण गरिरहेको छ । निर्माण कार्य करिब १५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
नगरपालिकाले एकीकृत दलित बस्ती निर्माणसँगै कर, शिक्षा र स्वास्थ्यजस्ता सेवा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ । यस कार्यक्रमलाई अन्य स्थानीय तहमा पनि चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण