इरानी मिसाइलको निशाना कतार
बुधबार, १८ चैत २०८२, १४ : १६
सारांश
- इरानले प्रहार गरेका तीन क्रुज मिसाइलमध्ये एउटाले कतारको तेल ट्याङ्करमा क्षति पुर्यायो।
- दुईवटा मिसाइललाई रोके पनि एउटाले तेल ट्याङ्करमा क्षति पुर्याएको कतारको रक्षा मन्त्रालयले जनायो।
- घटनापछि ट्याङ्करमा रहेका २१ जना चालक दललाई सुरक्षित निकालियो, जसमा मानवीय क्षति भएको छैन।
दोहा । इरानबाट प्रहार गरिएका तीन वटा क्रुज मिसाइलले कतारलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयले बताएको छ । यीमध्ये एउटा मिसाइलले तेल ट्याङ्करमा लागेको बताइएको छ ।
दुईवटा मिसाइललाई अवरोध गरिएको भए पनि एउटालाई रोक्न नसकिएको र यसले कतारको तटमा तेलको जहाजमा लागेको माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा मन्त्रालयले भनेको छ ।
यो जहाज कतार इनर्जीले भाडामा लिएर चलाइरहेको थियो । घटनापछि ट्याङ्करमा रहेका २१ जना चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण