ड्रोनको टुक्रा लागेर यूएईएमा बंगलादेशी नागरिकको मृत्यु
बुधबार, १८ चैत २०८२, १४ : ४९
आबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई)को इमिरेट्स अफ फुजाइराहको अल रिफामा अवरोध गरिएको ड्रोनको टुक्रा लागेर एक जना पुरुषको निधन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
फुजाइराह मिडिया अफिसले एउटा विज्ञप्तिमा बताएअनुसार मृतक बंगलादेशी नागरिक हुन् ।
अल रिफा क्षेत्रको एउटा फार्ममा अवरोध गरिएको ड्रोनबाट खसेको छर्रालागेर एक बंगलादेशी पुरुषको मृत्यु भएको सरकारी समाचार एजेन्सी वामले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भनेको छ ।
योसँगै यूएईमा अमेरिका–इजरायल र इरान युद्धको चपेटामा परेर मर्नेको संख्या १२ पुगेको छ । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता यूएईले १ हजार ९७७ वटा ड्रोन र ४३३ वटा क्षेप्यास्त्र खसालिसकेको त्यहाँको रक्षा मन्त्रालयले मंगलबार भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण