३५ हजार क्याप्सुल ट्रामाडोल सहित चार जना पक्राउ
सारांश
- प्रहरीले ३५ हजार ५१६ क्याप्सुलसहित ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोट, दोलखा, धनुषा र काभ्रेका व्यक्तिहरू छन्।
- पक्राउ परेका व्यक्तिहरू ट्रामाडोल कारोबारमा संलग्न थिए र यसअघि हिरासतबाट भागेका थिए।
काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ३५ हजार ५१६ क्याप्सुल सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय सुरेश तामाङ, दोलखाको भीमेश्वर–६ घर भएका २२ वर्षीय सञ्जीव घिसिङ, धनुषा घर भएका २२ वर्षीय सुरेन्द्र कुमार रौनियार र काभ्रेको रोशी गाउँपालिका–९ घर भएका २३ वर्षीय रोहित राना मगर छन् ।
आरोपीहरूको साथबाट ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । अनुसन्धान अधिकृतहरूले चैत १७ मा सुरुमा सुरेश तामाङलाई पक्राउ गरेर ३१ हजार ८ सय क्याप्सुल ट्रामाडोल बरामद गरेका थिए । उनको बयानको आधारमा पक्राउ परेका सञ्जीवको साथबाट १ हजार ९९६ क्याप्सुल ट्रामाडोल भेटिएको थियो । उनीहरूकै सम्पर्कमा रहेका थप दुई जना पछि पक्राउ परेका हुन् ।
रोहित राना मगर र सुरेश तामाङ भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा हिरासतबाट भागेका थिए । ट्रामाडोल कारोबार गरेको मुद्दामा ब्युरोले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो । त्यसबेला भागेका उनीहरू फेरि ट्रामाडोल सहित पक्राउ परेको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण