गृहमन्त्री गुरुङले सर्वसाधारणका गुनासा मन्त्रालयमै बोलाएर सुन्ने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा मन्त्रालयमै बोलाएर सुन्ने पहल गरेका छन् ।
गाउँगाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए ।
गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताए । उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए । एक सर्वसाधारणले भने, 'धेरै गृहमन्त्रीहरू बने, तर हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने तपाईंजस्तो व्यक्ति पाउन सकेनौँ । हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद ।'
गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण