सुदूरपश्चिम सरकारद्वारा अस्पतालका अध्यक्ष र खेलकुद सदस्य नियुक्त
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले डोटी र अछाम जिल्ला अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको छ।
- प्रदेश खेलकुद परिषद्को सदस्य पदमा कञ्चनपुर, बैतडीका व्यक्तिहरूलाई मनोनीत गरिएको छ।
- प्रदेश सरकारले प्रशासनिक र कानुनी सुधारका क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अस्पतालमा नयाँ नेतृत्व चयन गरेको छ ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले डोटी र अछाम जिल्ला अस्पतालको अध्यक्ष पदमा नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार डोटी जिल्ला अस्पतालको अध्यक्षमा डोटीकै भरत बोहरा र अछाम जिल्ला अस्पतालको अध्यक्षमा अछामका लीलाराज केसी नियुक्त भएका छन् । यस्तै, प्रदेश खेलकुद परिषद्को सदस्य पदमा कञ्चनपुरका लीला बोहरा र काशीराम बोहरा तथा बैतडीका पूर्णबहादुर टेरलाई मनोनीत गरिएको छ ।
यस्तै, बैठकले प्रशासनिक र कानुनी सुधारका क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का पदाधिकारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूचीमा हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन नियमावली स्वीकृत गरिएको छ । यसका साथै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐनको अनुसूची २ मा समेत संशोधन गरिएको छ ।
भौतिक पूर्वाधार र सामाजिक सुरक्षाका विषयमा निर्णय गर्दै सरकारले बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि सशर्त अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ । बैठकले सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका, वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र ‘सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि समेत स्वीकृत गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण