मालपोत र यातायात कार्यालय सुनसरीबाट १७ जना नियन्त्रणमा
सारांश
- सुनसरीका दुई सरकारी कार्यालयबाट प्रहरीले १७ जना बिचौलियालाई पक्राउ गर्यो।
- मालपोत कार्यालयबाट १३ र यातायात कार्यालयबाट ४ जना पक्राउ परे।
- पक्राउ पर्नेमा विभिन्न उमेर समूहका व्यक्तिहरू छन्।
सुनसरी । जिल्ला प्रहरी कार्यालयले यहाँका दुई सरकारी कार्यालयबाट आज १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मालपोत कार्यालय तथा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।
मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको र यातायात कार्यालयबाट चार जना गरेर १७ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
मालपोत कार्यालय सुनसरीबाट पक्राउ पर्नेमा रामधुनी नगरपालिका–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका–५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीय आयसा मोते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरारआलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताजआलम मन्सुरी रहेको प्रहरी उपरीक्षक थेबेले बताए ।
यस्तै, यातायात कार्यालयबाट इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण