इरान युद्धमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो
सारांश
- अमेरिका र इजरायलसँगको युद्धमा इरानमा ५ हजारभन्दा बढीको मृत्यु भएको छ।
- इरानमा ३,५१९ जनाको मृत्यु भएको छ जसमा बालबालिका पनि छन् भने लेबनानमा १,३१८ जनाले ज्यान गुमाएका छन्।
- युद्धको प्रभाव खाडीका अन्य मुलुकहरूमा पनि देखिएको छ, जसले मानवीय क्षतिको भयावह स्थिति निम्त्याएको छ।
तेहरान । अमेरिका र इजरायलको इरानसँग जारी युद्धमा ज्यान गुमाउनेहरूको संख्या ५ हजार नाघेको छ। विभिन्न एजेन्सीहरूले संकलन गरेको तथ्याङ्क अनुसार रोयटर्सले सार्वजनिक गरेको यो विवरणले पश्चिम एसियामा मानवीय क्षति भयावह बन्दै गएको देखाउँछ।
सबैभन्दा धेरै क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ। मानव अधिकारवादी संस्था हरानाका अनुसार इरानमा ज्यान गुमाउनेमध्ये १ हजार ५ सय ९८ जना सर्वसाधारण हुन्, जसमा २४४ बालबालिका समेत परेका छन्। रेडक्रस र रेड क्रिसेन्टले समेत इरानमा करिब १९ हजार मानिस घाइते भएको बताएको छ।
युद्धको राप इरानमा मात्र सीमित नभई लेबनान, इराक र अन्य छिमेकी देशहरूमा पनि उत्तिकै फैलिएको छ। लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन्, जसमा १२४ बालबालिका रहेका छन्। त्यहाँ हिजबुल्लाहका ४ सयभन्दा बढी लडाकु मारिएका छन् भने ड्युटीमा रहेका ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघका ३ इन्डोनेसियाली शान्ति सेनाले समेत ज्यान गुमाउनु परेको छ।
इराकमा पनि स्थिति तनावपूर्ण छ, जहाँ इरान निकट मिलिसिया, कुर्दिस लडाकु र केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
आक्रमणको जवाफमा इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा हालसम्म १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएको जानकारी दिएको छ भने सीमा क्षेत्रमा आफ्नै सेनाको असावधानीका कारण एक इजरायली किसानले ज्यान गुमाएका छन्।
युद्धमा प्रत्यक्ष संलग्न अमेरिकाले पनि आफ्ना १३ सैनिक गुमाएको छ, जसमा इराकमा भएको विमान दुर्घटना र इरानमा भएका सैन्य कारबाहीका क्रममा मारिएकाहरू समावेश छन्।
यो युद्धको प्रभाव खाडीका अन्य मुलुकहरूमा पनि देखिन थालेको छ। संयुक्त अरब इमिरेट्समा ११, कतारमा ७, कुवेतमा ७ र वेस्ट बैंक तथा सिरियामा ४–४ जनाको मृत्यु भएको छ। त्यसैगरी बहराइन, ओमान र साउदी अरबमा पनि मृत्युका घटना दर्ता भएका छन्।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले यो मृत्युको तथ्याङ्क अझै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण