निर्माण व्यवसायी महासंघको अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान
सारांश
- नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ, जसमा दुई समूहबीच प्रतिस्पर्धा छ।
- वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा र निकोलस पाण्डेको समूहबीच प्रतिस्पर्धा हुँदैछ, र दुवैले आ-आफ्ना एजेन्डा प्रस्तुत गरेका छन्।
- निर्वाचनमा सार्वजनिक खरिद ऐन संशोधन, व्यवसायीका समस्या समाधान, र युवा तथा अनुभवी नेतृत्वको प्रतिस्पर्धा मुख्य एजेन्डा बनेका छन्।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को जारी अधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचनमा मुख्यगरी दुईवटा प्यानलबिच कडा प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डेले आ–आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् ।
अनुभवलाई मुख्य आधार बनाएको लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा छन् । लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । महासचिवका उम्मेदवार घिमिरे यसअघि पनि महासंघमा उपमहासचिव पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।
युवा जोस र परिवर्तनको नारासहित मैदानमा उत्रिएको पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् । पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासंघको नेतृत्वका लागि अनुभवी र युवा दुवै पक्षको दाबेदारी देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा लामो अनुभव सँगालेका एडी लामा र युवा समूहको प्रतिनिधित्व गर्दै निकोलस पाण्डे चुनावी मैदानमा छन् । लामालाई अनुभवको आधारमा बलियो मानिएको छ भने पाण्डेलाई युवा व्यवसायीहरूको साथ रहने अपेक्षा गरिएको छ ।
वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) पतिस्पर्धामा छन् । यसअघि महासचिव अनुभवको आधारमा दाहाललाई बलियो मानिएको छभने पन्त पनि व्यावसायिक सोच भएका व्यक्ति हुन् । यस्तै उपाध्यक्ष एसोसिएटमा नरहरि थपरिया र एनपी शेर्पा प्रतिस्पर्धामा छन् ।
महासचिव पदका लागि बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी मनोनयन दर्ता छ । राना व्यवसायिक सोच भएका व्यक्तिका रूपमा चिनिन्छन् भने घिमिरे यसअघि पनि महासंघको उपमहासचिव पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।
दुई ठुला प्यानल चुनावी मैदानमा सक्रिय रहँदा महासंघभित्र नीतिगत स्पष्टता र व्यवसायीका समस्या समाधानका लागि भन्दै प्रमोद लामिछानेले स्वतन्त्र रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । निर्माण क्षेत्रमा २८ वर्षको लामो अनुभव सँगालेका लामिछानेले नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय निर्माण कम्पनी (एनसीसीएन) मा ६ वर्ष व्यवस्थापन तहमा बसेर काम गरिसकेका छन् ।
त्यस्तै, उनले सार्वजनिक खरिद ऐन र निर्माण क्षेत्रका नीतिगत समस्या समाधानमा आफ्नो विज्ञता रहेको दाबी गर्दै चुनावी एजेन्डा अघि सारेका छन् । सोही पदमा मंगल शाही अशोककुमार केसी र राजकुमार बास्ताकोटीले पनि प्रतिस्पर्धा गर्दैछन्, यद्यपि लामिछानेको तुलनामा उनीहरूको अनुभव केही कम रहेको विश्लेषण गरिएको छ ।
आन्तरिक उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र अनुभवी सुवित श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्ष पदका लागि व्यवसायिक दक्षता भएका बालाजु श्रेष्ठ र कार्य अनुभवका साथै युवा जोस भएका उज्ज्वल गौतम प्रतिस्पर्धामा छन् । सह–कोषाध्यक्ष पदमा भने उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह जस्ता युवा नेतृत्वको आकर्षण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण