‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी छु : दिव्या रायमाझी
सारांश
- अभिनेत्री दिव्या रायमाझीले फिल्म 'राम नाम सत्य' मा आधुनिक राजकुमारीको भूमिका निर्वाह गर्दैछिन्।
- फिल्ममा एक्सन, इमोशन, सस्पेन्स र प्रेम लगायतका पक्षहरु समावेश रहेको बताइएको छ।
- यो फिल्म चैत्र २७ गते रिलिज हुनेछ, जसमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन्।
काठमाडौँ । अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘राम नाम सत्य’मा आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको बताएकी छन् । दर्शकले फिल्मबाट भरपुर मनोरञ्जन दिने उनको विश्वास रहेको छ ।
‘म फिल्मलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले यसमा आएको छु’, दिव्याले भनिन् ‘काम पनि मैले धेरै देखाउन पाएको छु ।’ फिल्ममा एक्सन भरपुर रहेको उनको भनाई छ । ‘यो एक्सन फिल्म मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट बनेको छ’ उनले थपे ।
फिल्ममा दिव्या अभिनेता सुशील श्रेष्ठको जोडीको रुपमा देखिदैछन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् ।
चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको फिल्ममा माइकल चन्दले निर्देशन गरेका हुन् । फिल्ममा दिव्या र सुशिलको अलवा बिराज भट्ट, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण