गर्ल पावर : आफ्नै तौलभन्दा तेब्बर वजन उचाल्ने ९ वर्षीया लुसी
सारांश
- ९ वर्षीया लुसी मिल्ग्रिमले आफ्नो शरीरको तौलभन्दा तीन गुणा बढी वजन उचालेर विश्व कीर्तिमान बनाइन्।
- ओहायोमा आयोजित एक कार्यक्रममा उनले १८० पाउण्डको डेडलिफ्ट गरेपछि उनी सामाजिक सञ्जालमा भाइरल भइन्।
- यस उपलब्धिले बहस निम्त्याएको छ, स्वास्थ्य विज्ञहरूले उनको स्वास्थ्यमा पर्न सक्ने असरबारे चिन्ता व्यक्त गरेका छन्।
कोलम्बस । सामान्यतया ९ वर्षका बालबालिकाहरू मोबाइल गेम वा खेलौनामा भुल्ने गर्छन्, तर अमेरिकाकी लुसी मिल्ग्रिम भने यो उमेरमा निकै भिन्न र साहसी परिचय बनाउन सफल भएकी छन्। लुसीले आफ्नो शरीरको तौलभन्दा तीन गुणा बढी वजन उचालेर विश्वभरका मानिसहरूलाई अचम्ममा पारेकी हुन्।
हालै ओहायोको कोलम्बसमा आयोजित आर्नोल्ड स्पोर्ट्स फेस्टिभलमा उनले १८० पाउण्ड (करिब ८२ केजी) वजन सफलतापूर्वक डेडलिफ्ट गरेपछि उनी सामाजिक सञ्जालमा रातारात भाइरल बनेकी हुन्। लुसीको आफ्नै तौल मात्र ६० पाउण्ड छ, तर उनले आफूभन्दा तीन गुणा भारी वजनलाई एकै झट्कामा उचालेर एथलेटिक क्षमताको प्रदर्शन गरिन्।
उनले यूएसए पावरलिफ्टिङ संस्थामार्फत यसअघि नै तीनवटा अमेरिकी कीर्तिमान आफ्नो नाममा गरिसकेकी छन्। व्यावसायिक रूपमा कुस्ती खेल्ने र हप्ताको पाँच दिन कडा प्रशिक्षण लिने लुसीको यो शक्ति देखेर धेरैले उनलाई सुपर गर्लको संज्ञा दिएका छन्।
लुसीका पिता ब्रेट मिल्ग्रिमका अनुसार उनी सानैदेखि प्राकृतिक रूपमा बलियो थिइन्। लुसी तातेताते गर्दै गर्दा उनका आमाबुवा जिममा कसरत गर्थे, जसलाई देखेर उनले पनि अनुकरण गर्न थालेकी थिइन्।
आफ्ना बुवा कुस्ती प्रशिक्षक भएकाले पनि उनलाई खेलकुदमा लाग्न थप प्रेरणा मिल्यो। ‘मेरा आमाबुवा जिममा कडा कसरत गरिरहेको देखेर मलाई पनि त्यस्तै गर्न मन लाग्यो, र आज म यो स्थानमा आइपुगेकी छु,’ लुसीले आफ्नो रुचिको बारेमा बताएकी छन्।
यद्यपि, लुसीको यो उपलब्धिले सामाजिक सञ्जालमा ठुलो बहस र विवाद पनि निम्त्याएको छ। कतिपयले उनको क्षमताको प्रशंसा गरिरहँदा स्वास्थ्य विज्ञ र सर्वसाधारणले भने ९ वर्षको कलिलो उमेरमा यति धेरै भार उचाल्दा उनको शरीरमा गम्भीर असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
सानै उमेरमा भारी वजन उचाल्दा हड्डीको वृद्धि विकासमा अवरोध आउन सक्ने र भविष्यमा शारीरिक समस्या देखिन सक्ने भन्दै कतिपयले यसलाई असुरक्षित भनेका छन्। सामाजिक सञ्जालमा देखिएका यी आलोचना र चिन्ताका विषयमा लुसी र उनको परिवारले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण