‘धुरन्धर २’ को कमाई १५ सय करोड नजिक
सारांश
- रणवीर सिंहको फिल्म धुरन्धर २ ले बक्स अफिसमा राम्रो कमाई गर्दै नयाँ कीर्तिमान बनाएको छ।
- फिल्मले प्रदर्शनको दोस्रो हप्तासम्म विश्वभरबाट करिब १४६६.४७ करोड भारुको कलेक्सन गरेको छ।
- धुरन्धर २ विश्वकै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म धुरन्धर २ ले बक्स अफिसमा राम्रो कमाई जारी राखेको छ । प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा यस फिल्मले विश्वभरबाट करिब १४६६.४७ करोड भारुको कुल कलेक्सन गर्दै भारतीय सिनेमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको हो ।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार रिलिजको चौधौँ दिन बुधबारमात्रै फिल्मले भारतमा २०.१० करोड भारुको नेट कलेक्सन गर्न सफल भयो ।
यो फिल्म अहिले विश्वकै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ । धुरन्धर २ भन्दा अगाडि अब दंगल, बाहुबली २ र पुष्पा २ मात्र रहेका छन् । भारतमा मात्रै फिल्मको कुल नेट कलेक्सन ९२०.०२ करोड पुगेको छ भने ग्रस कलेक्सन ११०१.४७ करोड भारु रहेको छ । विदेश बजारमा पनि फिल्मले ३६५ करोडको व्यापार गरेपछि यसको विश्वव्यापी ग्रस कलेक्सन १४६६.४७ करोड पुगेको हो ।
विशेष गरी हिन्दी भर्सनमा फिल्मले सबैभन्दा बढी कमाइ गरिरहेको छ । चौधौँ दिनमा मात्रै हिन्दी भर्सनबाट १८.७५ करोडको व्यापार भएको छ भने तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा पनि फिल्मले आफ्नो प्रभाव छोडेको छ ।
यसअघि धुरन्धरको पहिलो भागले पनि विश्वभर करिब १३०७ करोड कमाएर तहल्का मच्चाएको थियो । पहिलो भागले अमेरिका र क्यानडामा बाहुबली २ को रेकर्ड तोड्दै १९३ करोडभन्दा बढीको कमाइ गरेको थियो ।
चाखलाग्दो कुरा के छ भने, खाडी मुलुकहरूमा प्रदर्शनको अनुमति नपाए तापनि धुरन्धर २ ले यति ठुलो सफलता हात पारेको हो । यो फिल्म भारतीय सिनेमाकै सबैभन्दा धेरै कमाउने ‘ए’ रेटेड (वयस्कका लागि मात्र) फिल्म समेत बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण