कांग्रेस सङ्घीय संसदमा एकीकृत, सङ्गठित र व्यवस्थित भएर प्रस्तुत हुने
सारांश
- नेपाली कांग्रेसका सांसदहरू सङ्घीय संसदमा एकीकृत, सङ्गठित र व्यवस्थित भएर प्रस्तुत हुनेछन्।
- कांग्रेसको संयुक्त दलको बैठकले पार्टीको आकार सानो भए पनि सङ्गठित भएर प्रस्तुत हुने निर्णय गर्यो।
- बैठकमा उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेलले सांसदहरूलाई निर्देशन दिए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरू सङ्घीय संसदमा एकीकृत, सङ्गठित र व्यवस्थित भएर प्रस्तुत हुने भएका छन् । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेसको संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दलको बैठकले संसदमा पार्टीको आकार सानो भए पनि सङ्गठित भएर प्रस्तुत हुने निर्णय गरेको राष्ट्रियसभा सदस्य रञ्जित कर्णले जानकारी दिए ।
‘दलको बैठकमा सङ्ख्या थोरै भए पनि सांसदहरू एकीकृत, सङ्गठित र व्यवस्थित भएर प्रस्तुत हुने निर्णय भएको छ,’ कर्णले रातोपाटीसँग भने, ‘जनताको चाहना आर्थिक समृद्धि, विकास र लोकतन्त्र बचाउन खबरदारी गर्ने कुराकानी भएको छ ।’
बैठकमा उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेल पनि सहभागी थिए । ‘दलको बैठकमा उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेलले संसदमा पार्टीको छवि र देशको छवि जोगाउने काम गर्नुहोला भनेर निर्देशन दिनुभयो,’ प्रतिनिधिसभा सदस्य उर्मिला थपलियाले भनिन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसको संयुक्त दलको बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण