बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिका–इजरायल आक्रमणबाट तेहरानमा ३३ हजार घरमा क्षति

बिहीबार, १९ चैत २०८२, १४ : ०६
बिहीबार, १९ चैत २०८२

सारांश

  • अमेरिका र इजरायलको आक्रमणबाट तेहरानमा ३३ हजार घरमा क्षति पुगेको छ।
  • क्षतिग्रस्त घरहरूमा सामान्य मर्मतदेखि पुनर्निर्माणसम्मको आवश्यकता रहेको छ।
  • आक्रमणबाट प्रभावित १,८६९ परिवारमध्ये १,२४५ लाई आवासीय कम्प्लेक्समा सारिएको छ।

तेहरान । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा राजधानी तेहरानमा हालसम्म करिब ३३ हजार घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

 तेहरान महानगरपालिकाका प्रवक्ता अब्दुलमोहर मोहम्मदखानीका अनुसार आवासीय भवनहरूमा भएको क्षति सामान्यदेखि गम्भीर स्तरसम्मको छ । ‘कतिपय घरहरूमा सिसा, ढोका र झ्याल जस्ता सामान्य मर्मत आवश्यक छ भने केही घरहरूमा पूर्ण पुनर्निर्माण वा व्यापक सुधार गर्नुपर्ने अवस्था छ,’ उनले बताए ।

उनका अनुसार हालसम्म १ हजार ८६९ घरपरिवार आवाससम्बन्धी समस्यामा परेका छन् । तीमध्ये १ हजार २४५ परिवारलाई २३ वटा आवासीय कम्प्लेक्समा स्थानान्तरण गरिएको छ । 

महानगरपालिकाको पहलमा हालसम्म ४ हजारभन्दा बढी घरहरूको मर्मत कार्य सुरु भइसकेको बताइएको छ । यीमध्ये केही मर्मत कार्य प्रत्यक्ष रूपमा गरिएको छ भने केहीमा आर्थिक सहयोग प्रदान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप