इरान समर्थित समूहबाट बग्दादमा आक्रमणको जोखिम
सारांश
- इराकस्थित अमेरिकी दूतावासले इरान समर्थित समूहबाट आक्रमणको चेतावनी दिएको छ।
- दूतावासले अमेरिकी नागरिकलाई देश छाड्न आग्रह गरेको छ र सम्भावित लक्ष्यबारे जानकारी गराएको छ।
- अमेरिकी पत्रकार शेली किटलसनलाई बग्दादबाट अपहरण गरिएको छ, र उनको रिहाइका लागि प्रयास भइरहेको छ।
बग्दाद । इराकस्थित अमेरिकी दूतावासले राजधानी बग्दादमा इरान समर्थित सशस्त्र समूहहरूले आगामी २४–४८ घण्टाभित्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।
इराकमा रहेको दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल देश छोड्न पुनः आग्रह गरेको छ ।
दूतावासले बिहीबार सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा इरान तथा त्यससँग सम्बद्ध समूहहरूले यसअघि नै इराकमा अमेरिकी नागरिक र अमेरिकी सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरिसकेको जनाएको छ ।
सम्भावित आक्रमणका लक्ष्यहरूमा अमेरिकी नागरिक, व्यवसाय, विश्वविद्यालय, कूटनीतिक संरचना, ऊर्जा पूर्वाधार, होटल, विमानस्थल लगायत अमेरिका सम्बन्धित मानिने स्थानहरू पर्न सक्ने सूचनामा भनिएको छ । साथै, इराकी संस्थान र सर्वसाधारण नागरिकहरू पनि जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ । “आतंकवादी समूहहरूले अमेरिकी नागरिकहरूलाई अपहरण गर्ने प्रयाससमेत गरेका छन्,” दूतावासले उल्लेख गरेको छ ।
यसैबीच, अमेरिकी पत्रकार शेली किटलसनलाई मंगलबार बगदादबाट अपहरण गरिएको उनको सञ्चार संस्थाले जनाएको छ । किटलसनको रिहाइका लागि अमेरिकी सरकार सक्रिय रूपमा प्रयासरत रहेको छ ।
बग्दादस्थित अमेरिकी दूतावासले इरानसँगको द्वन्द्व सुरु भएदेखि निरन्तर रूपमा आफ्ना नागरिकलाई इराक छोड्न आग्रह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण