तीन वर्षअघि प्रेम विवाह गरेका दम्पतीले बेहुला–बेहुलीझैँ सिँगारिएर उठाए यस्तो कदम, परिवार स्तब्ध
सारांश
- मध्य प्रदेशमा एक दम्पतीले घरमै आत्महत्या गरेका छन्, जसले परिवार र छिमेकीलाई स्तब्ध पारेको छ।
- २२ वर्षीय राजेन्द्र र २१ वर्षीय काजलले विवाहको पोशाकमा सजिएर आत्महत्या गरेको बताइएको छ।
- प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ, किनभने आत्महत्याको कारण प्रस्ट छैन।
काठमाडौँ । तीन वर्ष अघि विवाह गरेका दम्पतीले परिवार र छरछिमेक नै स्तब्ध हुने गरी आफ्नो जीवनयात्रा अन्त्य गरेका छन् ।
भारतको मध्य प्रदेश राज्यको सागर जिल्लास्थित रहली थाना क्षेत्रमा यो घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार २२ वर्षीय राजेन्द्र र २१ वर्षीय काजलले आफ्नो घरमा आत्महत्या गरेका हुन् ।
उनीहरूको तीन वर्ष अघि प्रेम विवाह भएको थियो । आत्महत्या गर्नुअघि उनीहरू बेहुला–बेहुलीझैँ सजिएको बताइएको छ । विवाहमा आफूले लगाएकै लुगामा सजिएर उनीहरूले आत्महत्या गरेका थिए ।
बुधबार राति परिवारका सदस्यले राजेन्द्रको कोठामा दुवै जना झुण्डिएको अवस्थामा देखेको बताइएको छ । परिवारले हो–हल्ला गरेपछि छरछिमेकले घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
परिवारका सदस्य तथा छिमेकीहरूका अनुसार राजेन्द्र खेती र मजदुरी गर्दै आएका थिए । पिता र भाइसँगै एउटै घरमा बस्दै आएका उनको परिवारमा कुनै विवाद नरहेको बताइएको छ ।
राजेन्द्रको दाम्पत्य जीवनमा पनि कुनै समस्या नदेखिएको परिवारका सदस्यहरूको भनाइ छ । यद्यपि राजेन्द्र र उनकी पत्नीले आत्महत्याको बाटो किन रोजे भन्ने प्रस्ट हुन सकेको छैन ।
उनीहरूको सन्तान भने नरहेको बताइएको छ । दुवैको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । प्रहरीले यो रहस्यमय घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण