चैत २४ गते राष्ट्रिय सभाको विषयगत समितिका सभापतिहरूको निर्वाचन
बिहीबार, १९ चैत २०८२, १७ : ११
काठमाडौँ । राष्ट्रिय सभाको विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत २४ गते मंगलबार हुने भएको छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० बमोजिम सभाध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तय गरेका संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभापति चयनको प्रस्ताव २३ गते बिहान १०ः३० देखि १२ बजेसम्म तथा दर्ता भएका प्रस्तावको सूची प्रकाशन सोही दिन १२ः३० बजे गरिने छ ।
२४ गते अपराह्न १ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण