फेक रेस्क्युमा पक्राउ परेका १० जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको आरोपमा पक्राउ परेका १० जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलले प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।
अदालतले एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीसँग जनही ३० लाख धरौटी मागेको छ । माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारीसँग पनि जनही ३० लाख धरोटी माग गरिएको छ ।
श्रीद्धी इन्टरनेशनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई ५ लाख, माउन्टेन रेस्क्यु सर्भिस प्रालिका म्यानेजर विबेक पाण्डेसँग ५ लाख र पानोरमा हिमालय ट्रेकिङ्ग एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पालाई ५ लाख धरौटीमा रिहा गर्न आदालतले आदेश गरेको छ ।
रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका संचालक सन्दीप तिवारी र सन्तोष भन्ने खोमराज अधिकारीलाई पनि जनही ५ लाखमा छाड्न आदेश गरिएको काठमाडौं जिल्ला अदालतको एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपाल चार्टर्ड सर्भिसका अपरेशन म्यानेजर विवेक राज थपलियालाई १ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । फेक रेस्क्युमा संलग्नहरुलाई सरकारी वकिलले राष्ट्र हित प्रतिकुलको कसुर, आपराधिक लाभ, लिखत सम्बन्धी कसुर र संगठित अपराध सहितको एकीकृत कसुरमा अभियोगपत्र दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण