ग्यासमा ४१६ रुपैयाँ घाटा भए पनि निगमले बढाएन मूल्य
बिहीबार, १९ चैत २०८२, २२ : ०३
१
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन ।
प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।
निगमद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएको नयाँ खरिद मूल्यअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ । तर सञ्चालक समितिले चैत २० गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मात्र समायोजन गरेको छ ।
पश्चिम एसियाको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकासिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण