सकियो ‘महिला चलचित्र महोत्सव’
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा क्रियाशील १० जना महिला चलचित्रकर्मीहरू एकसाथ सम्मानित भएका छन् । काठमाडौँमा जारी ‘महिला चलचित्र महोत्सव’को समापन समारोहको अवसर पारेर उनीहरूलाई सम्मान गरिएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवस २०८१ को अवसरमा चलचित्र विकास बोर्डले आयोजना गरेको उक्त महोत्सव शुक्रबार सम्पन्न भएको छ । समापन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल र बोर्डका अध्यक्ष दिनेश डिसीले उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरे ।
सम्मानित १० महिलाहरू गौरी मल्ल (वरिष्ठ कलाकार), देविका बन्दना (गायिका), लक्ष्मी श्रेष्ठ (कलाकार), शारदा गिरी (कलाकार), रीना मोक्तान (चलचित्र पत्रकार), प्रज्ञा जोशी (निर्माता/कलाकार), गौमाया गुरुङ(कलाकार), ऋचा शर्मा(कलाकार), अञ्जना बराइली (कलाकार), गीता अधिकारी (कलाकार) रहेका छन् ।
गत मङ्गलबारदेखि सुरु भएको यस महोत्सवको उद्घाटन नेपालकी प्रथम नायिका भुवन चन्दले गरेकी थिइन् । महोत्सव अवधिभर नेपालको पहिलो रंगिन र ऐतिहासिक चलचित्र ‘कुमारी’ र चर्चित कृतिमा आधारित ‘जीवन काँडाकी फूल’ प्रदर्शन गरिएको थियो ।
चलचित्र प्रदर्शनका साथै महोत्सवमा विभिन्न पुस्ताका स्रष्टा, निर्देशक र सरोकारवालाहरूबिच चलचित्र क्षेत्रमा महिलाको भूमिका र चुनौतीका विषयमा अनुभव आदानप्रदान तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो।
नेपाली चलचित्र उद्योगमा महिलाहरूको विशिष्ट योगदानलाई उजागर गर्ने उद्देश्यले आयोजित यस महोत्सवले नयाँ पुस्ताका महिला चलचित्रकर्मीहरूलाई थप प्रेरणा र ऊर्जा दिएको विश्वास चलचित्र विकास बोर्डले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण