बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कास्कीबाट ६ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, २० चैत २०८२, २० : ३६
शुक्रबार, २० चैत २०८२

पोखरा । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कास्की जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरेर अदालत हाजिर गराइएको हो ।

पक्राउ परेका ६ जनाबाट कुल ५ महिना ४ दिन कैद सजाय र २० लाख ५२ हजार ५ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

तीमध्ये सवारी ज्यान कसूरका १ जना, चेक अनादर कसूरका ३ जना र बैङ्किङ कसूर मुद्दाका २ जना छन् । फैसला कार्यान्वयनका लागि प्रहरीले फरार प्रतिवादीहरूको खोजीलाई तीव्रता दिएको बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप