मुस्ताङको जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला हुँदै, शालिग्राममा भगवानका मूर्ति कुँदिने
पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकामा १५ दिने राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना हुने भएको छ । गाउँपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबिच कार्यशालाका लागि सम्झौता भएको हो ।
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार कार्यशाला कालीगण्डकी नदीको किनारमा आयोजना गरिनेछ । नदी किनारमा प्राकृतिक रूपमै उपलब्ध रहेका ठुला ढुङ्गाहरू (सालीग्राम) लाई उपयोग गरी विभिन्न धार्मिक तथा सांस्कृतिक आकृतिहरू कुँद्ने योजना बनाइएको छ ।
मुस्ताङको पर्यटनलाई थप प्रवर्द्धन गर्नका लागि र कालिगण्डकी तटलाई धार्मिक धार्मिक तीर्थस्थलका रूपमा विकास गर्न कार्यक्रम आयोजना गरिएको उनले सुनाए । ‘हामीले कालीगण्डकीकै ढुङ्गाहरूमा बुढानीलकण्ठ, बुद्ध, गुरु रिन्पोछे लगायत हिन्दू र बौद्ध धर्मसँग जोडिएका मूर्तिहरू बनाउनेछौँ,’ उनले भने, ‘मुस्ताङ आएका पर्यटकहरू हिमाल र मुक्तिनाथमा मात्रै अड्याउन सकिएन । अब नयाँ गन्तव्यको विकास गर्नुपर्छ भनेर यस्तो सोच गरिएको हो ।’
कार्यशालाका लागि ३० देखि ४० वटा ठुला ढुङ्गाहरू सङ्कलन गरिसकिएको छ । यो क्षेत्रलाई भारतीय र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउने पालिकाको लक्ष्य छ । कार्यशालामा नेपालका प्रतिष्ठित १५ जना मूर्तिकारहरूको सहभागिता रहनेछ । वैशाख २० गतेभित्र काम सम्पन्न गर्ने गरी तयारी थालिएको पालिकाले जनाएको छ । १५ दिन चल्ने यस कार्यशालाका लागि गाउँपालिकाले ४० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । मूर्तिकारहरूले यसअघि नै दुई पटक स्थल अवलोकन गरिसकेका छन् ।
शुक्रबार घरपझोङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबिच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष मोहनसिंह लालचन र प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेत तथा प्रतिष्ठानका तर्फबाट कुलपति नारदमणि हार्तम्छाली र मूर्तिकला विभाग प्रमुख दिनेशश्वर महतोले हस्ताक्षर गरेका छन् । कम्तीमा १५ वटा आकर्षक मूर्ति तयार गरेर प्रतिष्ठानले पालिकालाई हस्तान्तरण गर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण