चेन्नईको लगातार दोस्रो हार, पन्जाब ५ विकेटले विजयी
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ।
- चेन्नईले दिएको २१० रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ।
- यो चेन्नईको प्रतियोगितामा लगातार दोस्रो हार हो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । चेन्नईको यो प्रतियोगितामा लगातार दोस्रो हार हो ।
२१० रनको उच्च लक्ष्य पछ्याएको पन्जाब किंग्सले १८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पन्जाबका लागि श्रेयस अय्यरले २९ बलमा ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै, प्रभसिमरन सिंहले ४३ र प्रियान्श आर्यले ११ बलमै विष्फोटक ३९ रन जोडे ।
बलिङतर्फ चेन्नईका अंशुल कम्बोज र म्याट हेनरीले समान २–२ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् । खलील अहमदले ३ ओभरमा २८ रन दिए पनि कुनै विकेट लिन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । चेन्नईका लागि युवा ब्याटर आयुष म्हात्रेले ४३ बलमा ७३ रनको उत्कृष्ट पारी खेले । यस्तै, शिवम दुबेले २७ बलमा अविजित ४५ रन र सरफराज खानले १२ बलमा ३२ रनको योगदान दिएका थिए ।
पन्जाबका बलर विजयकुमार वैशाकले २ विकेट लिए भने युजवेन्द्र चहल र मार्को जानसेनले १–१ विकेट हात पारे ।
आफ्नो दोस्रो खेलमा पनि हार व्यहोरेसँगै चेन्नईलाई अंक तालिकामा दबाब बढेको छ भने पन्जाबले ८ बल बाँकी छँदै महत्वपूर्ण जित निकाल्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण