पौवादुङमामा कर सम्बन्धी सेवा शुभारम्भ
सारांश
- पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवाको सुरुवात गरियो, जसले स्थानीयलाई सहजता दिनेछ।
- स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध गराउन आन्तरिक राजस्व कार्यालय धरानसँग सहकार्य गरियो।
- यस सेवाले करसम्बन्धी प्रक्रिया बुझ्न र आवश्यक कागजात प्राप्त गर्न सहयोग गर्नेछ।
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो ।
संघीय सरकारको गत असोज १७ गतेको निर्णयअनुसार साबिक करदाता सेवा कार्यालय, भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउन सेवा सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्नेछ भने स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर उपलब्ध उनले जानकारी दिए ।
यस्तै, मूल्य अभिवृद्धि कर दर्ताका लागि आवश्यक कागजात सङ्कलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजत पत्रसम्बन्धी प्रक्रिया सहजीकरण गर्ने, कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने लगायतका सेवासमेत गाउँपालिकाबाटै प्रदान गरिने जनाइएको छ ।
करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमानसमेत गाउँपालिकाले सहकार्य गर्नेछ । यसबाट स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुनी प्रक्रिया बुझ्न थप सहज हुने विश्वास गरिएको छ ।
पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित सेवा सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण