कीर्तिपुरमा डेरा फोडेर चोरी
शनिबार, २१ चैत २०८२, १७ : २३
सारांश
- काठमाडौँको कीर्तिपुरमा एक युवकको डेराबाट नगद र मोबाइलसहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- प्रहरीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एक युवकको डेराबाट नगद र मोबाइलसहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। कीर्तिपुर नगरपालिका–८ चारधारामा कोठा भाडामा लिएर बस्ने कञ्चनपुरका २७ वर्षीय मानबहादुर महराको कोठामा गए राति चोरी भएको हो।
उनको कोठाबाट २ थान मोबाइल र नगदसमेत गरी करिब १ लाख २१ हजार रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको प्रहरीले जनाएको छ। रातिको समयमा मौका छोपेर कोठाबाट उक्त धनमाल गायब पारिएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीले अहिले चोरीमा संलग्न रहेर फरार भएका व्यक्तिको तीव्र रूपमा खोजी गर्नुका साथै घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण