दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’
सारांश
- बागलुङ मिडिया मेला १० बुँदे घोषणापत्र जारी गर्दै सकियो।
- मेलामा पत्रकारिता, प्रविधि, र पर्यटन लगायतका विषयमा छलफल भयो।
- स्थानीय सञ्चारमाध्यमको सबलीकरणमा जोड दिइयो।
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे विमर्श गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिता, पर्यटन, प्रविधिलगायत विभिन्न १० विषयमा छलफल गरिएको थियो । सञ्चारमाध्यमका नयाँ आयामलाई स्वीकार गर्दै सञ्चार संस्था र पत्रकारलाई गुणस्तरीय तथा विश्वसनीय समाचार सामग्री लेखन/उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
समय र प्रविधिको गतिअनुसार पत्रकारिता, त्यसमा पनि डिजिटल सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमको यथोचित उपयोग, यसको उपयोगमाफर्तत आयआर्जन गर्दै जीवनस्तरमा टेवा पुग्ने नीति तथा कार्यक्रम बनाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग घोषणा पत्रमार्फत माग गरिएको छ ।
तत्काल कोरलानाका नियमित सञ्चालन गरेर यसबाट गण्डकी प्रदेशले निर्यात बढाउन सक्ने र त्यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सञ्चारमाध्यमले यो विषय उठान गरी सरकारलाई आवश्यक पहलकदमी र नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
बागलुङभित्र र जिल्लाबाट बाहिर रहेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वलाई आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतसाधन जन्मभूमिको विकास, समृद्धि र पहिचान अभिवृद्धिमा लगानी गर्न आह्वानसमेत गरिएको छ । घोषणपत्र तथा सञ्चारमाध्यममार्फत यस्ता प्रेरणादायी कथाहरूको प्रवर्द्धन गर्दै ‘जन्मभूमिसँगको सम्बन्ध र योगदान’लाई संस्थागत रूपमा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सङ्घीय सरकारको निर्णय सङ्घीयता, खुला अर्थनीति, प्रेस स्वतन्त्रताको भावना र मर्म विपरीत भएकाले प्रदेश सरकार, स्थानीय तहहरूलाई केन्द्र सरकारको परिपत्र अस्वीकार गर्दै स्वरोजगारमूलक मिडिया, यसमा कार्यरत पत्रकारहरूलाई थप सङ्कटग्रस्त अवस्थामा पुर्याउने भन्दै यसको विरुद्धमा घोषणपत्रमा उल्लेख छ । छलफलका क्रममा स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सवलीकरणमा स्थानीय तहको यथोचित स्थानीय सञ्चार नीति आवश्यक रहेकामा जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण