लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्दै छ।
- बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रीले लुम्बिनी प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पेस गर्ने कार्यसूची रहेको छ।
- मुख्यमन्त्रीले जिल्ला सभा तथा समन्वय समिति सम्बन्धी विधेयकलाई समितिमा पठाउन प्रस्ताव पेस गर्ने भएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।
बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले “लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक” सभामा पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले “जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक“ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण