गायिका सारिकाले ल्याइन् ‘गुन भुल्यौ–२ साइला दाइ’
आइतबार, २२ चैत २०८२, १२ : ०५
सारांश
- गायिका सारिका घिमिरेले आफ्नो नयाँ गीत 'गुन भुल्यौ–२ साइला दाइ' सार्वजनिक गरेकी छन्।
- यो गीतमा प्रेमविछोडको पीडा र माया गरेर भुल्ने व्यक्तिप्रतिको गुनासो समेटिएको छ।
- केशवराज भट्टद्वारा निर्देशित यस गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीले अभिनय गरेका छन्।
काठमाडौँ । गायिका सारिका घिमिरेले नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ लिएर आएकी छन् । यसअघिको गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौँ होला’को अपार सफलतापछि उनले सिक्वेलको रुपमा यो गीत ल्याएकी हुन् ।
सारिकाकै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो पनि बनेको छ । जसमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । प्रेमविछोडको पीडा समेटिएको गीत माया गरेर भुलेर जानेका लागि गरिएको गुनासो भएको गायिका सारिका बताउँछिन् ।
अभिनेत्री समेत रहेकी सारिका पछिल्लो समय नियमित गीतसंगीत ल्याइएकी छन् । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी उनले दर्जन हाराहारीका गीत बाहिर ल्याइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण