मन्त्रिपरिषद् बैठक निर्णय
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय
आइतबार, २२ चैत २०८२, १४ : ३१
सारांश
- सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ ।
- मन्त्रिपरिषद्को बैठकले यस वर्ष केही ढिला गरी नयाँ भर्ना र पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि सामान्यतया वैशाखको पहिलो सातादेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यस पटक केही दिन ढिला गरी नयाँ भर्ना र पठनपाठन सुरु हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण