दक्षिणी लेबनानमा ९० हेज्बोल्लाह लडाकु मारिए
आइतबार, २२ चैत २०८२, १५ : २५
सारांश
- इजरायली सेनाले दक्षिणी लेबनानमा जारी द्वन्द्वका क्रममा हेजबुल्लाका ९० जना लडाकु मारिएको दाबी गरेको छ।
- पछिल्लो २४ घण्टामा मात्रै इजरायली हवाई हमलामा दुई जना हेज्बोल्लाह लडाकु मारिएका छन्।
- इजरायलको सैन्य कारबाहीका कारण लेबनानमा करिब १२ लाख मानिस विस्थापित भएका छन्।
तेल अभिभ । इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः सुरु भएको द्वन्द्वयता हेजबुल्लाका ९० जना लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ ।
इजरायली सैन्य पक्षका अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई जना हेज्बोल्लाह लडाकु मारिएका छन् । हवाई हमलामार्फत समूहका पूर्वाधारहरू ध्वस्त पारिएको छ ।
गत मार्चको सुरुवातमा हेज्बोल्लाहले इरानको समर्थनमा रकेट आक्रमण सुरु गरेको थियो ।
यो आक्रमण इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या पछि भएको थियो । त्यसपछि इजरायलले राजधानी बेरुतसहित लेबनानभरि लगातार आक्रमण गर्दै आएको छ । इजरायलले आफ्नो सैन्य कारबाहीलाई अझै गहिरो बनाउँदै लेबनानी भूभागमा प्रवेश बढाएको छ, जसका कारण करिब १२ लाख मानिस विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण