आक्रमणमा परेका ऊर्जा सुविधाहरूको मर्मत गर्न ‘लामो समय लाग्ने’ ओपेक प्लसको भनाइ
काठमाडाैँ । हालैका आक्रमणहरूमा क्षति भएका ऊर्जा सुविधाहरूको मर्मत गर्नु ‘विशाल धनराशी खर्च हुने र लामो समय लाग्ने पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतबार चेतावनी दिएको छ । यसले गर्दा भविष्यमा विश्वव्यापी तेल आपूर्तिमा असर पार्न सक्छ।
“ओपेक प्लसले ऊर्जाको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको विशेष महत्त्व रहेको पनि सङ्गठनले बताएको छ ।
पूर्वाधारमा इरानको आक्रमण र स्ट्रेट अफ होर्मुजमा ट्याङ्करहरूको विरूद्ध धम्कीले खाडी क्षेत्रबाट निर्यातलाई नराम्ररी प्रतिबन्धित गरेको छ।
प्रमुख तेल उत्पादकहरू साउदी अरब र रुस सम्मिलित सङ्गठन ओपेक प्लसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इरानमा अमेरिका–इजरायल युद्धको बीचमा विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको प्रतिक्रियामा के उत्पादन क्षमता परिवर्तन हुन सक्छ भन्ने बिषयमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।'
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट तनावग्रस्त मध्यपूर्वका कारण विश्व बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण