बालेनले भ्रमण रोकेको हल्लापछि अर्थमन्त्रीको सचिवालयले दियो प्रष्टीकरण
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखन कार्यका कारण विदेश भ्रमणमा नजाने निर्णय गर्नुभएको छ।
- विश्व बैंक र एडीबीको बैठकमा अर्थमन्त्रीको साटो सहसचिव धनीराम शर्माको नेतृत्वमा टोली जाने भएको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रमण रोकेको हल्लापछि अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले प्रष्टीकरण दिएको छ ।
आइतबार वाग्लेको सचिवालयले भ्रमण अर्थमन्त्री स्वयमले निर्णय गर्दै अनुपस्थित हुने निर्णय गरेको जनाएको हो ।
यही अप्रिल १३ मा अमेरिकाको राजधानी वासिङ्टनमा विश्व बैंक एवम् अन्तर्राष्ट्रिय मुद्रा कोषको बसन्त बैठक अप्रिल १३ मा हुँदैछ । उक्त भ्रमणमा अर्थमन्त्री वाग्ले जाने तय थियो ।
तर अहिले भने उनको ठाउँमा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाका सहसचिव धनीराम शर्माको नेतृत्वमा टोली जाने निर्णय गरिएको छ ।
त्यस्तै, यही मे महिनाको ३ देखि ६ सम्म उज्बेकिस्तानमा हुने एशियाली विकास बैंक (एडीबी) ५९ औँ वार्षिक बैठकमा पनि उनैलाई पठाउने निर्णय भएको छ ।
अर्थमन्त्री वाग्लेको सचिवालयले भनेको छ– ’आगामी आर्थिक वर्षको बजेट लेखन कार्य सुरु भएकाले माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्ले स्वयम् उपस्थित नहुने निर्णय गर्नुभएको हो । यी दुवै बैठकहरूमा आफ्नो मन्त्रालयका सहसचिवलाई पठाउने निर्णय गत हप्ता नै भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण