सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको निर्वाचन सुरु: एशोसिएट्स उपाध्यक्षमा दाहाल निर्विरोध

सोमबार, २३ चैत २०८२, ०८ : ०५
सोमबार, २३ चैत २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा चुनावी प्रक्रिया सुरु भएको छ।
  • एशोसिएट्स उपाध्यक्षसहित केही पदहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अध्यक्ष पदका लागि राजेन्द्र राउत र नवीन रिजालबीच प्रतिस्पर्धा भइरहेको छ।

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। विराटनगरमा जारी अधिवेशनमा वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नवीन रिजालबिच प्यानलसहितको प्रतिस्पर्धा भइरहेको छ। दुवै पक्षले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

अध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिए पनि केही महत्त्वपूर्ण पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्वाचन अधिकृत विकास थापाका अनुसार एशोसिएट्सतर्फको उपाध्यक्षमा रविनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल पनि निर्विरोध चुनिएका छन्। सदस्यहरूतर्फ एशोसिएट्सबाट देवकीनन्दन अग्रवाल र भविष कुमार श्रेष्ठ निर्विरोध भएका छन्।

सर्वसम्मत हुन नसकेका वस्तुगत र जिल्ला नगर सदस्य पदका लागि भने मतदान प्रक्रिया जारी छ। वस्तुगत सदस्यतर्फ सुवास आचार्य, धनबहादुर काफ्ले र दीपक पाण्डेबीच प्रतिस्पर्धा छ भने जिल्ला नगर सदस्यका लागि सात जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। 

यसअघि महासंघको आठौँ प्रदेश सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका ८६ प्रतिशत रहेको उल्लेख गर्दै प्राकृतिक स्रोत र पर्यटनको उपयोगबाट मात्रै आर्थिक समृद्धि सम्भव रहेको बताएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप