पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन
सारांश
- प्रतिनिधि सभाको बैठकले गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ।
- सोमबार बसेको बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।
- समितिले सभामुखको निर्देशनमा १४ दिनभित्र कार्यविधि तयार पार्नेछ।
काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय मस्यौदा समिति बनाएको हो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समिति प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदले समर्थन गरेपछि मस्यौदा समितिले सर्वसम्मत घोषणा भएको हो ।
पराजुली नेतृत्वको समितिमा डा। ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव यज्ञमणी न्यौपाने, सुलभ खरेल छन् ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यअवधि १४ दिनको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण