मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा गर्न २१ सदस्यीय कार्यदल गठन
सारांश
- आगामी मनसुनजन्य विपद्को सामना गर्न र जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा प्रक्रिया सुरु भएको छ।
- प्राधिकरणले सरोकारवाला निकायहरूसँग छलफल गरी कार्ययोजनालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउने विषयमा जोड दिएको छ।
- कार्ययोजनालाई पूर्णता दिन सहसचिव रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय कार्यदल गठन गरिएको छ।
काठमाडौँ । आगामी मनसुनजन्य विपद्को सामना गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ तर्जुमा गर्ने प्रक्रिया सुरु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस सम्बन्धमा सरोकारवाला निकायहरूसँग वृहत् अन्तरक्रिया सम्पन्न गरेको छ ।
अन्तरक्रियाका क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने मुख्य विषयवस्तु, कार्ययोजनाको स्वरूप तथा गत वर्षको कार्यान्वयनबाट प्राप्त सिकाइ र असल अभ्यासहरूका बारेमा गहन छलफल भएको थियो । सहभागीहरूले नयाँ कार्ययोजना केवल सैद्धान्तिक मात्र नभई व्यावहारिक, कार्यान्वयनयोग्य र निर्दिष्ट गरिएका लक्ष्यहरू हासिल गर्न सक्ने हुनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा सहभागी सबै सरोकारवाला निकायहरूले आ–आफ्नो क्षेत्रमा मौजुदा जनशक्तिको अवस्था, पूर्वतयारीको स्थिति, प्रतिकार्य योजना र सुरुवाती राहतका लागि आवश्यक राहत सामग्रीको मौज्दात विवरण यथाशीघ्र उपलब्ध गराउने समझदारी बनेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय तथा सहयोगी निकाय , सम्बन्धित विभागहरू, राष्ट्रसङ्घीय निकाय, विपद्को क्षेत्रमा क्रियाशील साझेदार संस्थाहरू एवं विज्ञहरूको सहभागिता रहेको थियो ।
यसैबिच, मनसुन कार्ययोजनालाई पूर्णता दिन प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय कार्यदल गठन गरिएको छ । यस कार्यदलले प्राप्त सुझाव र विवरणहरूलाई समेटेर समयमै कार्ययोजना तयार पार्नेछ।
विगतका वर्षहरूमा मनसुनको समयमा हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन यो कार्ययोजनाले मार्गदर्शन गर्ने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण