प्रधानमन्त्री कपः त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी
पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत साेमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ।
वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो।
सुरुवाती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन जोडेको थियो । त्रिभुवन आर्मीका तर्फबाट अर्जुन साउदले १२० बल खेल्दै १२१ रन जोडेका थिए । यसैगरी, आर्मीकै बसीर अहमदले ७० बलमा ४५ रन जोडेका थिए।
कर्णाली प्रदेशका दिनेश अधिकारीले चार विकेट र प्रकाश जैसीले तीन विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा सीमित भएको थियो । कर्णालीका तर्फबाट विपिनविक्रम शाही ठकुरीले ४० रन र अर्जुन घर्ती मगरले ३२ रन जोडेका थिए।
त्रिभुवन आर्मी क्लबका सहाब आलम र बसिर अहमदले सामान तीन÷तीन विकेट लिएका थिए । आजको खेलमा त्रिभुवन आर्मी क्लबका अर्जुन साउद ‘प्लेयर अफ दी म्याच’ भने घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण